एशियन फोरमको टिम विल्डिङ कार्यशाला सम्पन्न
पाेखरा | असोज ९, २०७९
पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो ।
कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए ।
सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए ।
एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

