फुलकन्ट्याक्ट करातेको रोफ्रि सेमिनार सम्पन्न
एकेडेमीको ४० हजार नगद र खेल सामग्री सहयोग
पाेखरा | असोज ९, २०७९
कास्की । फुल कन्ट्याक्ट करातेका रेफ्रिहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ ।
नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजना भएको सेमिनारमा गण्डकी र लुम्बिनी प्रदेश सगै धादीङ ओखलढुङा लगायतका जिल्लाका गरि ३२ जना रेफ्रिहरुको सहभागीता रहेको थियो ।
खेलका अन्तराष्टिय रेफ्रिहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महजनले खेलका नयाँ नियम सगै भएका अन्य नियमहरुको रिभिजन सगै नयाँ रेफ्रिहरुलाई कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, आयोजक संघका अध्यक्ष शालीग्राम कुँवर लगायतले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण पछि राखेप सदस्य गुरुङले सेमिनारमा सिकको कुराहरु आफनो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गरेका थिए । नवौ खेलकदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आ आफनो कार्यक्षेत्रमा गएर लाग्न सहभागीहरुलाई आग्रह समेत गरेका थिए ।
एकेडेमीको ४० हजार नगद र खेल सामग्री सहयोग
कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेका राखेप सदस्य गुरुङले नगद ४० हजार सगै आवश्यक खेल समाग्री कार्यक्रममा हस्तान्तरण गरेका थिए । एकेडेमीका संरक्षक समेत रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्र राम्रो बनाउन सगै आवश्यक खेल सामग्रीका कारण पछि परेका खेलाडीलाई सहयोग गर्नका लागि विभिन्न कार्यक्रम गर्न दिएको सुझाव अनुसार सहयोग गरिएको भनाई गुरुङको थियो । एकेडेमीले स्थापनाकालदेखि समस्याका परेका खेलाडी सगै विभिन्न खेल संघहरुलाई सहयोग गदै आएको गुरुङको भनाई थियो ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

