राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको जिल्ला अधिवेशन असोज २९ गते

पाेखरा | असोज २, २०७९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको जिल्ला अधिवेशन असोज २९ गते

पोखरा  :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको जिल्ला अधिवेशन असोज २९ गते हुने भएको छ ।

 

प्रतिष्ठान कास्कीको शनिबार बसेको बैठकले ८ औँ जिल्ला अधिवेशन एवं २१ औँ वार्षिक साधारणसभा असोज २९ गते गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य रचित पौडेलले जानकारी दिए । 

 

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता एवम् केन्द्रीय सचिव जीवन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले असोज १० गते दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

प्रमुख अतिथि दाहालले नेपाली गीत संगीतको इतिहासमै कलाकारहरुको सर्वोत्कृष्ष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको बताए ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णयानुसार कार्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । यसैले कास्की जिल्लाले असोजमै अधिवेशन गर्ने तयारी गरेको हो ।

अघिल्लो समाचार

लिमीमा हिमपात

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्