क्लबस्तरीय भलिबलमा एपिएफ उपाधि नजिक, आइतबार फाइनल हुने

महिलातर्फ अर्चलबोट र एसियन सुज फाइनलमा

पाेखरा | भदौ २५, २०७९

क्लबस्तरीय भलिबलमा एपिएफ उपाधि नजिक, आइतबार फाइनल हुने

पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

 

छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

 

अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ । 

 

यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

 

त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे । 

 

आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ । 

 

प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

 

यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


 

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...

थप पढ्नुहोस्

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्