‘सागर, बसन्ते, किस्ने सबहरू नडरा के केटाहो’ भन्दै भाइरल बनेका रेग्मी पक्राउ
कपिलवस्तु | बैशाख २१, २०७९
कपिलवस्तु: केही दिनदेखि म्यादी हुँ भनी अभद्र भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा छाएका एक युवक पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।
एसएसपी विष्णु केसीका अनुसार पक्राउ पर्ने व्यक्ति म्यादी प्रहरी होईनन् । उनले आफ्नो फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरी पोशाक प्रयोग गरेका थिए ।
भिडियोमा के थियो?
सेल्फी भिडियोमा रेग्मीले आफू म्यादी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, (उनकै भाषमा) ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’
रेग्मी त्यतिमै रोकिन्नन्, उनी थप्छन्, ‘माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ एसएसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

