रिलायबल इन्स्योरेन्सद्वारा कालिका मावि कास्कीलाई सेनेटरी प्याड वितरण
पाेखरा | भदौ १८, २०७९
पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, कास्की शाखाले पोखरा महानगरपालिका–१० स्थित कालिका उच्च माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।
कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको कम्पनीका गण्डकी प्रदेश संयोजक एवं कास्की शाखा प्रमुख लक्ष्मण थापाले जानकारी दिनुभयो ।
“कम्पनीको वार्षिकोत्सवलाई रचनात्मक बनाउने सिलसिलामा सेनेटरी प्याड वितरण गरिएको हो, सामाजिक उत्तरदायित्वप्रति पनि कम्पनी सचेत छ”, उहाँले भन्नुभयो ।
शाखा प्रमुख थापाले विद्यालयका सहायक प्रधानाध्यापक बलदेव अधिकारी र शिक्षक सुनिता बस्नेतलाई प्याड हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा सहायक प्रअ अधिकारीले छात्राहरुलाई लक्ष्य गरी सामग्री सहयोग गरेकामा कम्पनीको सह्राहना गर्नुभयो ।
प्याड हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर शर्मिला केसी, एजेन्सी म्यानेजर धनकुमारी अधिकारीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन शाखाका बजार प्रमुख गोविन्द्र पौडेलले गर्नुभएको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विसं २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले वृद्धि गरी चार अर्ब ६० करोड माथि पु¥याउन सफल भएको छ । त्यस्तै खुद नाफा २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी अर्ब ४० करोड रुपैयाँ छ ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

