लामाचौर कपः नेपाल एपिएफ क्लब सेमिफाइनल प्रवेश, गण्डकी र आर्मीको खेल आजपनि स्थगित

पाेखरा | भदौ १२, २०७९

लामाचौर कपः नेपाल एपिएफ क्लब सेमिफाइनल प्रवेश, गण्डकी र आर्मीको खेल आजपनि स्थगित

पोखराको लामाचौरमा आयोजित लामाचौर तीज महोत्सव २०७९ लामाचौर कप महिला पुरुष  राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।

 

आइतबार भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार दोस्रो हारसँगै मणिमुकुन्द समूह चरणबाटै बाहिरिएको छ । अब यो समूहबाट पुलिस र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । पुलिसले शनिबार मणि मुकुन्दमाथि ३–१ को सेटमै जित निकालेको थियो ।

 

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले शुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २५–२२ र २५–१९ ले जित्न सफल भएको थियो ।


गण्डकी र आर्मीको खेल पुनः स्थगित

 

लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ ।


लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।

 

पोखरामा लगातार वर्षाका कारण खेल निर्धारित समयमा शुरु हुन सकेको थियो । आइतबार भएको पहिलो सेटमा गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो ।

 

लाइट प्रोटेस्ट लाग्ने पक्का भएपछि नै दुवै टोलीले नयाँ खेलाडीलाई मौका प्रदान गर्दा गण्डकीले बाजी मारेको हो । अब यो खेल सोमबार शुरुबाटै हुनेछ । यसअघि शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खेल स्थगित भएको थियो ।

 

वर्षाका कारण महिलातर्फको एक खेल पनि हुन सकेको छैन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् ।

 

महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।

 

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्