पाल्पामा कुशे औंशीकै दिन बुवाको हत्या
पाल्पा | भदौ १२, २०७९
पाल्पा: पाल्पाको माथागढी गाउँपालिका ४ का १४ बर्षिय किशोरले कुशे औंशी (बुवाको मुख हेर्ने) कै दिन आफ्नै बुवाको हत्या गरेका छन् ।
पाल्पा प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुुँदा किशोरले आफ्नै बुवा ४५ वर्षिय तिलबहादुर डिसालाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।
चिर्पट प्रहारबाट डिसाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाल्पा प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिइएको बताउदै घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

