घरमै सामाजिक सुरक्षा भत्ता

काठमाडाैं | भदौ १०, २०७९

घरमै सामाजिक सुरक्षा भत्ता

 

काठमाडौं । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् ।

 

बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौँ लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौँ ।” 

 

बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताउनुभयो । “बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस देखिएको छ, प्रभावकारी छैन, त्यसैले नजिकैको स्थानबाट भत्ता वितरण गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भन्नुभयो ।

 

सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारीरिकरूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको नलगाडका नगर प्रमुख डम्बर रावतले बताउनुभयो । 

 

यस्तै जिल्लाको बारेकोटले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । “नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

 

वर्षायाममा बाटो सडक सबै भत्किएका कारण बैंक जान र आउनसमेत समस्या भए पनि स्थानीय तहले यस्तो व्यवस्था गरेका छन् । अन्य पालिकाले भने बैंकमा आएर भत्ता बुझन भनेर जानकारी गराएका छन् । 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्