पोउवा हाँक्न अर्जुनको नेतृत्वमा प्यानल घोषणा
पाेखरा | भदौ ९, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुमा चुनावी माहोल बढेको छ ।
भदौ २४ र २५ गते पोखरामा हुुने ३४ औँ महाधिवेशनका लागि अर्जुुन पोखरेलले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गरेका हुुन् ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिने अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बताए ।
यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी उम्मेदवारी घोषणा गरेका हुन् ।
पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल ...
काठमाडौं: युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्या...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

