‘प्रेमको परिभाषा’सार्वजनिक
काठमाडाैं | भदौ ९, २०७९
काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको सङ्गीत रहेको छ । गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउतको अभिनय छ ।
म्युजिक भिडियोमा ‘मलाई ऊर्जा दिने हरपल साथ दिने तिमी’, ‘मेरो चाहना मेरो सपना केवल तिमी तिमी’, ‘प्रेमको परिभाषामा तिमी’, ‘म दिन्छु कहिलेकाहीँ होसले भरिएर’लगायत बोलका गीत समावेश गरिएको छ ।
बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश गालाको ‘तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हाँस्यौँ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । आगामी दिनमा अझै स्तरीय सिर्जना पस्किँदै जाने गायक राणाले बताउनुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

