दानपेटिका चोरी आरोपी जिम्मीलाई ५ दिन म्याद थप
कार्यालय सचिव तिमिल्सिना भन्छन्– ‘३५ सय जति थियो होला’
पाेखरा | भदौ ७, २०७९
पोखरा: दानपेटिका चोरी गरेको आरोपमा प्रकाउ परेका जिम्मी दोर्जेलाई पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा प्रकाउ परेका दोर्जेलाई थप अनुुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको हो ।
पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगद सहितको दानपेटिका चोरी गरेका दोर्जेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको थियो ।
मन्दिर परिसरमा राखिएको नगदसहितको दान पेटिका चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षिय जिम्मी दोर्जेलाई दान पेटिका सहित प्रकाउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
३५ सय जति थियो होलाः कार्यालय सचिव तिमिल्सिना
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाका अनुुसार कृष्ण जन्माष्टीको दिन दानपेटिका चोरी भएको थियो ।
‘ कृष्ण जन्माष्टीका दिन चोरी भएको त्यो दानपेटिका मुख्य मन्दिरको अगाडी थियो । हामीले ३ बजेसम्मको दान संकलन गरिसकेका थियौँ, उनले भने ‘त्यसपछि बाँकी त्यस्तै ३ हजारदेखि ३५ सय सम्म थियो होला । त्यो भन्दा बढी पक्कै पनि थिएन ।’
उनले दानपेटिका हराएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेको बताए ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

