पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन
पाेखरा | भदौ ७, २०७९
पोखरा: देशका समसामयिक सबालमा बौद्धिक अन्तक्र्रिया, छलफल गरी नागरिकलाई यथार्थ बुझाउन सघाउने उद्देश्यले पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन भएको छ ।
शनिबार भएको पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टारमा अध्ययनरत विद्यार्थी प्राध्यापकहरुको भेलाले संस्था गठन गरेको हो । सुवास ढुंगानाको संयोजकत्वमा बनेको समितिमा सह–संयोजक फरेन्द्र थापामगर, सचिव मिलन आले, सहसचिव डा सञ्जय कोइराला र कामिल खान र कोषाध्यक्षमा दिलकुमारी पौडेल छन् ।
यस्तै सदस्यमा डा. सुधीररमण पराजुली, क्या. सन्तबहादुर लामिछाने, विष्णु पोखरेल, विष्णु गुरुङ (एकता), लक्ष्मण ढुंगाना, शिवराज रेग्मी र सुमन थापा छन् । भेलाले संस्थाको संरक्षक क्याम्पस प्रमुख सरोज कोइरालालाई बनाएको छ ।
सल्लाहकारमा लालबहादुर कुँवर, थानबहादुर क्षेत्री, डा. उमानाथ बराल, डा। गिरीधारी दाहाल, माधवराज बस्तोला, कमलराज पौडेल र कृष्णप्रसाद तिमिल्सिना छन् ।
बिधान मस्यौदा समितिमा संयोजक वरिष्ठ अधिवक्ता माधवराज बॅास्तोला र सदस्यमा कृष्ण प्रसाद तिमिल्सिना, माधव बॅास्तोला, सुभाष ढुंगाना र मिलन आले छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले यस खालको बौद्धिक बहस गर्ने संस्था शैक्षिक संस्था जरुरी हुने बताए । उनले देशका समसामयिक सवालमा बहस गर्ने थालोको रुपमा संस्थालाई विकास गर्न उनले आग्रह गरे ।
कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको काँडेमा भएको हो । समितिले उद्देश्य अनुरुपका कार्यक्रमका साथै चाडै विधान तयार गरी अधिवेशन गर्ने संयोजक ढुंगानाले जानकारी दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

