विप्लवद्वारा मंगलबार नेपाल बन्दको आह्वान
पाेखरा | भदौ ६, २०७९
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताको नाममा पक्राउ पुर्जी जारी गरेको विरुद्धमा सँयुक्त रुपमा चार कम्युनिष्ट पार्टीले भोली (मंगलबार) नेपाल बन्दको आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेकपा माओवादी समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी, र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले पत्र जारी गर्दै संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन् ।
‘२०७७ फागुन २१ गते नेपाल सरकार र कम्युनिष्ट पार्टीबीच ३ बुदेँ सहमति भएको थियो, पत्रमा भनिएको छ, ‘उक्त सहमतिको बुदाँ नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ भन्ने कुरा उल्लेखीत भएको थियो । तर हालसम्मपनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठा मुद्धा खारेज गरिएको छैन ।’
पत्रमा उल्लेख गरिएको छ, ‘उल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुदेँ सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षडयन्त्रमुलक र मुलुकलाई जबरजस्त द्वन्दमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुदेँ सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।’
एमसिसी, एसपिपी विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, झुठा मुद्दाको खारेजी, आकासिदो महंगी नियन्त्रण लगायतको माग गर्दै नेपाल बन्दको घोषणा गरिएको पत्रमा उल्लेख छ ।

पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

