हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
बैतडी | भदौ ६, २०७९
बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उहाँलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेर बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्याउन चार घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

