बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी | भदौ ६, २०७९
तस्बिर फाइल
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।
बेनी–जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।
सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ ।
मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।
यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उहाँले जानकारी दिनुभयो ।
पोखरा: परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक ...
पोखरा: कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै क...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उ...

