तनावमुक्त जीवनका लागि ध्यान र प्रवचन
बाग्लुङ | भदौ ४, २०७९
तस्बिर रासस
यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् ।
‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए ।
उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए ।
“ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् । RSS
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

