पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन
पाेखरा | भदौ ४, २०७९
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ ।
आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।
सो सम्मेलनको कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।
यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने ।
समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका सह सचिव प्रेम विश्वकर्माले बताए ।
यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ ।
उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

