घर–घरमा पुगेर बानियाँले भने- ‘तपाईहरुले खोजेको र रोजेको वडा बनाउँछौ’
कास्की | बैशाख १८, २०७९
पोखरा: नेकपा एमाले वडा १५ को जारी घरदैलो कार्यक्रममा उम्मेद्वारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर–घर पुगेका छन् । आजको घरदैलो कार्यक्रममा वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र वन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका क्षेत्रमा पुगेका हुन् ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बानियाँले आफ्नो क्षेत्र विकासको लागि उम्मेदवार बनेको बताए । उनले आफु जन्मिएको र आफुलाई चिनाएको ठाउँका नागारिकको पक्षमा काम गर्नकै लागि राजनीतिमा लागेको प्रतिक्रिया दिए ।
उनले वडाका महिला र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गर्ने योजना सहित अघि बढेको बताए । बानियाँले सभ्य र सुन्दर वडाको रुपमा विकास गर्नका लागि सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।
यसैगरी महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले पाँचै जना उम्मेदवारलाई जिताउनका लागि वडावासीलाई आग्रह गरिन् । ‘तपाईहरुको मत हामी खेर जान दिनेछैनौ, उनले भनिन्, ‘यहाँहरुले कल्पना गरेको र खोजेको वडा हामी बनाउँछौ । त्यसैले हामीलाई साथ दिनुहोला ।’
घरदैलो कार्यक्रमकाबिच स्थानीयहरुले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग राखेका थिए । यस्तै, नागवेली टोलका स्थानियले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

