भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव
काठमाडाैं | भदौ ३, २०७९
श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा-कृष्णको पूजा एवं दर्शन गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणका लागि खुला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीका लागि मन्दिर खुला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानैदेखि मेला भर्न सत्सङ्गी एवं अन्य भक्तजन लामबद्ध भएका छन् । राति १२ बजेसम्म नै श्यामा श्यामाधाममा विभिन्न पूजन कार्यक्रम भइरहन्छ ।”
सत्सङ्गीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ ५ बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराति १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गरिनेछ । महोत्सवलाई व्यवस्थित गर्न राधा माधव समितिअन्तर्गत डिभाइन युथ क्लबले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

