स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आत्महत्या रोकथाम तालिम
पाेखरा | भदौ २, २०७९
स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए ।
मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए ।
अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए ।
कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे ।
यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

