आयोजक आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश
दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्ने छन्
पाेखरा | फागुन २, २०८२
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यसअघि पुलिस क्लबका राम वाजीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे । पुलिस क्लबले पाएको कर्नर किकलाई हेडिङ गर्दै वाजीले पहिलो गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्बलले केही राम्रा मुभ बनाएपनि सहारा क्लबका डिफेन्डर रन्दीप पौडेल बाधक बने । उनले दुइपटक गोललाइनबाट बललाई फर्काइदिए ।
१ गोलले पछि परेको सहारा क्लबले खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत बललाई जाली चुमाए ।
पुलिस क्लबका भक्तजंग खड्काले डिबक्समा मुकुन्दकुमार निउरेलाई लडाएपछि आयोजक सहारा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको मौकालाई सहारा क्लबका मुकुन्दकुमार निउरेले गोलमा परिणत गरे र खेललाई बराबरीमा फर्काए ।
त्यसपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि खेल पेनाटी सुटआउटमा धकेलिएको थियो ।
सो खेलबाट सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्नेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

