फोटो पत्रकार अक्षयकोषमा सहारा क्लब हङकङका अध्यक्षको १५ हजार सहयोग

पाेखरा | फागुन २, २०८२

फोटो पत्रकार अक्षयकोषमा सहारा क्लब हङकङका अध्यक्षको १५ हजार सहयोग

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । 

 

नेपाल (लमजुङ) जन्मिएर कर्मथलो हङकङलाई बनाएका गुरुङले अक्षयकोषका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

 

सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा शुक्रबार गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

 

लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् । 

 

सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए ।

 

उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । 

 

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

 

अक्षयकोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, चलचित्र निर्माता एवं अभिनेत्री माया गुरुङले ११ हजार १११, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । 
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्