आहा! रारा गोल्डकप: जावलाखेलसँग मछिन्द्र स्तब्ध

पाेखरा | माघ २९, २०८२

आहा! रारा गोल्डकप: जावलाखेलसँग मछिन्द्र स्तब्ध PHOTO: RAM GURUNG

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।

 

पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

 

जावलाखेलको जितमा दुवै गोल दोस्रो हाफमा विदेशी खेलाडीले गरे ।

 

पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुआती समयमा जावलाखेलले अग्रता बनाएको थियो ।

 

५४ औं मिनेटमा मछिन्द्रका डिफेन्डरले बल क्लियर गर्न नसक्दा निकोलस ओडेन ह्यामिल्टनले उक्त बललाई गोलमा परिणत गरे । निकोलस नै खेलमा म्यान अफ दी म्याच चुनिए ।

 

६६ औं मिनेटमा निकोलसको पासमा बुबाकर सिसोखोले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । मच्छिन्द्रले दोस्रो हाफमा गोल गर्न नसकेपछि २–० को पराजय भोगेको हो । जावलाखेलले अब क्वाटरफाइनलमा चर्च ब्बाइजसँग प्रतिष्पर्धा गर्नेछ ।

 

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्