पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी

पाेखरा | साउन ३१, २०७९

पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी

पोखराको नयाँबजारमा आज दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगलागी हुुँदा स्कुटर पूर्णरुपमा नष्ट भएको छ । 

 

नयाँबजार स्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो लागेको स्कुटर धनी कर्णबहादुर पुनले बताए । उनले भने,‘ चलाउँदै आउँदा साइलेन्सरबाट आवाज आयो, वोर्कसपमा देखाउँछुु भन्दै ल्याएको यहाँ वेल्डिङ गर्दै हुुनुुहुुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो’

 

स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएका कागजपत्र पनि निकाल्न पाइन,’ उनले भने ।

 

पुनका अनुसार स्कुटरका डिक्रीमा भएको बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत जलेर नष्ट भएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्