पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी
पाेखरा | साउन ३१, २०७९
पोखराको नयाँबजारमा आज दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगलागी हुुँदा स्कुटर पूर्णरुपमा नष्ट भएको छ ।
नयाँबजार स्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो लागेको स्कुटर धनी कर्णबहादुर पुनले बताए । उनले भने,‘ चलाउँदै आउँदा साइलेन्सरबाट आवाज आयो, वोर्कसपमा देखाउँछुु भन्दै ल्याएको यहाँ वेल्डिङ गर्दै हुुनुुहुुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो’
स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएका कागजपत्र पनि निकाल्न पाइन,’ उनले भने ।
पुनका अनुसार स्कुटरका डिक्रीमा भएको बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत जलेर नष्ट भएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

