पोखरा १५ बृहत खेलकुद महोत्सव: विद्यालयस्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी

पाेखरा | माघ ९, २०८२

पोखरा १५ बृहत खेलकुद महोत्सव: विद्यालयस्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । 


जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि.  ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन ।


दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १७ मिलिसेकेण्डमा पार गर्दै तृतीय स्थान पक्का गरे । दौडमा रेम्बो एकेडेमीका रोनाल थापाले शान्तवना स्थान हासिल गरे ।


महिला तर्फको पाँच किमि दौडको उपाधि सेन्ट मेरिजकी समृद्धि मार्सलले जितिन । मार्सलले निर्धारित दुरी ११ मिनेट ११ सेकेण्ड ९३ मिलिसेकेण्डमा पार गर्दै उपाधिको रक्षा गरिन ।


दौडमा निर्धारित दुरी १२ मिनेट १७ सेकेण्ड ३७ मिलिसेकेण्डमा पार गर्दै सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले दोश्रो स्थान हाँसिल गरिन । त्यस्तै थ्री एन्जलकी छात्रा ओमेगा शाहीले निर्धारित दुरी १२ मिनेट २४ सेकेण्ड ९९ मिलिसेकेण्डमा पार गर्दै दौडमा तेस्रो स्थान सुरक्षित गरिनभने सेन्ट मेरिजकी दीब्याले शान्तवना स्थान हाँसिल गरिन ।


महोत्सवको अन्तिम दिन शनिवार महानगर स्तरिय साइकल दौड, ह्वीलचियर दौड, ह्वीलचियर बास्केटवल प्रतियोगिता, आमा समुह तथा टोल बिकास संस्था स्तरिय महिला भलिवलको फाइनल खेल र पुरुष तर्फ टोल बिकास संस्था तथा क्लब बीचको फाइनल फुटवल प्रतियोगिता संगै समापन समारोह हुने महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्