पोखराको पुर्व मेयर अस्वस्थ भएपछि अस्पतालमा भर्ना
पाेखरा | साउन ३१, २०७९
पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार बेलुका अकस्मात् छाती दुख्न थालेपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।
जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा.बुद्धि बहादुर थापाले जानकारी दिए । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या भने रहेनछ । थापाले भने, ‘ पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएको कारण हाल सोहीअनुसार उपचार भइरहेको छ ।’
पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ आचार्यले भने, ‘ उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य रहेको र मुटुको समस्या नरहेको बताएको छ ।’
जिसीसँग एक छिन दोहोरो कुराकानी भएपछि स्वास्थ्य लाभको कामना गरेर आफू फर्किएको मेयर आचार्यले बताए ।
डा.थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

