कास्कीकोटमा दही जात्रा हुँदै
पाेखरा | साउन ३१, २०७९
तस्बिर साभार
पोखरा महानगरपालिका-२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस वर्ष भने विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो ।
समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

