नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहज: मन्त्री थापा

पाेखरा | साउन ३०, २०७९

नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहज: मन्त्री थापा


पोखरा ।  गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । 

 

‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उहाँले भन्नुभयो, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने अभिव्यक्ति दिनुभयो । समाजमा रहेका विकृति विसंगति न्यूनिकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य सहितको आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई उहाँले औंल्याउनुभएको छ । कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास मन्त्री थापाको छ । 

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्ग बासीमा हिजो देखिएका तित्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वाल लिनुभएको छ । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गर्नुभयो । टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको भनाई उहाँको थियो । 

 

पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीयका सोच र विचार सँगै वडा साथमा रहेको भनाई राख्नुभयो । अध्यक्ष बरालले आफु सँधै वडा विकासको पथमा लम्कीरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको बताउनुभयो । 

 

सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताउनुभयो । उहाँले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ,प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गर्नुभएको छ । साथै व्यत्तिगत रुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सफलता प्रदान गर्नेहरुलाई समेत उहाँले धन्यवाद दिनुभएको छ । 

 

कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उहाँले गराउनुभयो । महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमा बताउनुभएको थियो । राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमार इश्वर विद्यालयकी शोभा दिदी लगायतले बोल्नुभएको थियो । 


 

काठमाडौ:     सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुनको नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक व...

थप पढ्नुहोस्

काठमाडौं:     सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको...

थप पढ्नुहोस्

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।   संघीय संसद् भवन नयाँबानेश्वरमा आज बस...

थप पढ्नुहोस्