कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडाैं | पुस २६, २०८२

कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।


दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । 


साथै उहाँले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनु भयो ।


यही पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनु भयो । 


कार्यवाहक सभापति खड्काका अनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्नु भयो । प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ । दाहालको शनिबार बिहान निधन भएको हो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्