आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग
पाेखरा | साउन ३०, २०७९
मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् । मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।
गत जेठ ५ गते कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको थियो । आगलागीबाट करिब २५/३० लाख बराबरको क्षती भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘ग्यास लीग भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन्,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५/३० लाख जतिको क्षती भयो होला ।’
विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् । हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् । नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उनको भनाई थियो ।
वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे-८ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे । सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताईन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

