रामघाटलाई दोभान कपको उपाधि, सुमित बने सर्वाेत्कृष्ट
पाेखरा | पुस ५, २०८२
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।
दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० गाेल अन्तरले हराउँदै च्याम्पियन बनेकाे हो ।
रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्युस्टार 'ए'लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने, न्युस्टार 'बि' ले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको न्युस्टार बिले ५० हजार रुपैयाँ प्राप्त गर्याे ।
प्रतियोगितबाट उत्कृष्ट खेलाडीका रूपमा रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।
पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो ।
दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।
समापनमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

