जापानको नायोरो नगरको प्रतिनिधिमण्डललाई स्वागत
पाेखरा | मंसिर ६, २०८२
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ ।
नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुभयो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना गर्नुभएको पोखरा बृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको बताउनुभयो ।
यस अघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आँफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको बताउँदै उहाँले त्यहाँ प्राप्त गरेका ज्ञानसिपलाई सिमित साधनस्रोतका बीच पनि यहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा नायरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोल्नुभएको थियो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखाका लागि नेपालको पहिचान झल्काउने किसिमको मायाको चिनो प्रदान गर्नुभएको थियो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

