पोखरीमा डुबेर  सशस्त्र प्रहरी जवानको मृत्यु

पर्वत | साउन २८, २०७९

पोखरीमा डुबेर  सशस्त्र प्रहरी जवानको मृत्यु


पर्वतको फलेवास नगरपालिका-९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। 

 

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर मृत्यु भएको हो। 

 

उनी बिदामा घर आएका थिए। साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो। त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ। दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 

 

परिवार सम्पर्कमा आएपछि शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।   

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्