समूह विजेता बन्दै नेपाल विश्वकप छनोटको सुपर सिक्समा
काठमाडाैं | असोज २४, २०८२
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।
सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो । समूह उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गरे । गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थपे ।
जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एकएक विकेट लिए ।
सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।
जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६० रन जोडे । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थपे । सुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन ।
जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । कसिलो बलिङ गर्नुभएका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिए ।
नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले बलिङमा दुई विकेट हात पार्दा ब्याटिङमा महत्त्वपूर्ण २८ रन जोडे। नेपालले सुपर सिक्सको पहिलो खेल समूह ‘ए’को विजेता यूएईसँग आइतबार खेल्नेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

