संस्कृति जोगाउन तल्लोकोलडाँडामा ‘साँस्कृतिक सन्ध्या’, कार्यक्रमबाट १ लाख संकलन
कात्तिक ७ गतेबाट ‘ढल्क्यो जोवान भलिबल प्रतियोगिता’ हुने
पाल्पा | असोज २२, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले बडा दशैं (विजयादशमी) को अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित मंगलबार सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो ।
उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए ।
उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरी कोषमा राखिने छ ।
‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने, ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’
उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए ।
‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’
अध्यक्ष गाहामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का, साकेला, तामाङ सेलो तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।
सहिद केवल गाहामगर स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुनबहादुर आलेमगरले गरेका थिए ।
कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथी) भलिबल प्रतियोगिता हुने
माउण्ट एभरेष्ट युवा क्लबले आगामी कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सहिद केवल गाहामगर स्मृति खेलमैदाममा प्रतियोगिता संचालन गरिने पूर्व क्लब अध्यक्ष दान बहादुर रानाले जानकारी दिए ।
उनका अनुसार आफ्नो समयमा छवि बनाएका खेलाडीहरुको सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित पहिलो संस्करणको ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने समूहले नगद रु १० हजार र सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु २ हजार निर्धारण गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले उमेर खुल्ने परिचय पत्र (नागरिकता वा लाइसेन्स वा मतदाता परिचयपत्र) अनिवार्य साथमा लिएर जानुपर्ने क्लबका सचिव तारा थापामगरले बताए ।
उनका अनुसार टिम दर्ता फोनमार्फत (९८६९६२८६००, ९८६७३९४०७ ) पनि गर्न सकिने छ ।
सो प्रतियोगिता सम्पन्न गर्नका लागि कल्पना रानामगर (हाल हङकङ) ले स्वं श्रीमान नारायण रानामगरको स्मृतिमा नगद रु २० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औ...
काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रह...
म्याग्दी: घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्...

