...र आत्मालोचना गर्नुपर्छ
पाेखरा | भदौ ३०, २०८२
शिवकुमार आले मगर, तनहुँ ।
हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ ।
आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रयास गरेको भए आजको यो अवस्था आउने थिएन ।
निजी कम्पनीझैँ विचार र सिद्धान्तका चर्का आदर्शवादी कुरा गर्ने तर जनताको जीवनशैली र आफ्नै जीवनशैलीसँग कतै मेल खान नसक्ने प्रवृत्तिले जनतामा भएको धैर्यता, साथ, आशा र भरोसा तुहियो ।
“म झोले हुँ” भन्ने जस्ता अनावश्यक (ट्रेण्ड) ले झन् निराशामा बाँचिरहेका आम नेपालीहरूमा आवेश र क्रोध सिर्जना गर्यो । कुनै नेता वा कार्यकर्ताले यो गलत हो भन्न सकेनन् । एकाध हामी जस्ता भुइँमान्छेले बोले पनि “टिकट नपाएको कुण्ठा” हो भनेर बेवास्ता गरियो ।
चर्को भाषणबाजी कम गरी प्रत्यक्ष जनताको दैनिकीसँग सरोकार राखेका कुराहरू समाधान गर्न कोसिस गरौँ भन्ने कुरा हाम्रा लागि पाच्य भएन । नेताहरूलाई मञ्चहरूमा खादामाला लगाइदिँदैमा जनताको निराशा बुझ्ने फुर्सद नै भएन ।
कुलमान घिसिङ प्रकरण, इम्बोष्ट नम्बर हुँदै एमालेको विधान सम्मेलनमा एकतर्फी पद कब्जा गर्ने कार्यमा नेताकार्यकर्ताले साथ दिँदा आम नेपालीमा ठूलो निराशा पैदा भएको हेक्का हुन्छ ।
यति हुँदाहुँदै देशमा सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा जायज थियो । तर, विकल्प नखोजीकन एक्कासी निष्कृय गर्दा सरकारले आम नागरिक र नेपालीहरूको समर्थन गुमायो । परिणाम आज हामी सबैले देखिरहेका छौँ, भोगिरहेका छौं ।
अहिले देश विषम परिस्थितिमा छ । अरूलाई दोष लगाएर सरकारको नेतृत्व गरिरहेको पार्टी वा सोही दलका कार्यकर्ता जवाफदेहीताबाट भाग्ने छुट छैन । “हाम्रो पनि कमजोरी हो” भन्ने आत्मालोचना गर्न सक्नैपर्छ ।
जेनजी आन्दोलन हाँसो र मजाकको विषय होइन । यो आन्दोलन नेपालको इतिहासमा जनताको आवाज “प्रमाणु बम” जसरी विस्फोट भई राजनीतिक दलसँग हाम्रो भविष्य खै? भन्ने प्रश्नसहित पारदर्शी, सुशासन, जनताप्रति उत्तरदायी सरकार र नेतृत्वको माग प्रमुख रूपमा उठाइएको छ । जुन माग अघिल्लो पुस्ताले कहिल्यै गर्न सकेन भन्दा फरक नपर्ला ।
जेनजी आन्दोलनमा घुसपैठ भएको कुरा अस्वीकार गर्न सकिँदैन । तर, अहिलेको अवस्थामा देश खरानी भएको दोष जेनजीलाई मात्र लगाएर राजनीतिक रूपमा खिचडी पकाउने काम कुनै दल वा दलका कार्यकर्ताले गर्नुहुँदैन । यसको श्रेय अपाच्य तवरले ठुला कहलिएका दलले लिनैपर्छ ।
जे नहुनु पर्ने थियो, भइसकेको छ । अब सुझबुझका साथ आम नेपाली र दशकौँ वर्षको बलिदानीबाट प्राप्त संविधान र व्यवस्थालाई अझ सुधार्दै समस्याको समाधानमा ऐक्यबद्ध भएर अघि बढ्नु बाहेक विकल्प छैन ।
यदि त्यसो हुन सकेन भने न राजनीतिक पार्टी रहनेछ, न देश रहनेछ, न हाम्रो पहिचान र अस्तित्व । त्यसैले सबैले संकल्प र प्रण गरौँ—देशलाई सकेसम्म छिट्टै यो अवस्थाबाट मुक्त गरौं ।
जेनजीहरूको मुद्दा, माग र आवाजहरूलाई सम्बोधन गर्ने पहल गरौँ । देशको भविष्य यतिबेला गाभाको पानी जस्तै भएको छ । मुलुक विषम परिस्थितिमा भएको बेला राजनितिक स्वार्थको रोटी सेक्ने काम गरेर देश बर्वाद बनाउने काम कुनै दल र नेता कार्यकर्ताले गर्नुहुुदैन ।
सहभागिता, सहमति, सहकार्य र एकताविना देशमा दिगो शान्ति र स्थायित्व सम्भव छैन । त्यसैले आत्मालोचना गर्नुपर्छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

