पिएनमा भोलिदेखि अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिता

छात्रातर्फ ८ र छात्रतर्फ ९ समूहको सहभागिता

पाेखरा | भदौ १३, २०८२

पिएनमा भोलिदेखि अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिता

पोखरा:   स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको  आयोजनामा भोलिदेखि हुने अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 


स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस समितिले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । 


स्ववियु पिएन क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसस्तरीय छात्रा÷छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । 


‘पिएन क्याम्पसमा स्ववियु निर्वाचनबाट हामी निर्वाचित भएर आइसकेपछि हामीले खेलकुदको विधामा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गरिसकेका छौं, अध्यक्ष पोखरेलले भने, ‘क्याम्पसस्तरीय फुटबल प्रतियोगिता पिएन क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेका हौं ।’


उनले यस प्रतियोगिताबाट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव गर्न, आत्मविश्वास बढाउन, मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र क्याम्पसबीच शैक्षिक , सांस्कृतिक सम्बन्धलाई मजुबट बनाउन सहयोग पुग्ने अपेक्षा लिएको बताए । 


स्ववियु पिएन क्याम्पसका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक विक्रम क्षेत्रीले छात्र फुटबल प्रतियोगितामा आयोजकको २ टिम गरी ९ समूह र सेभेन ए साइड छात्रा फुटबलतर्फ आयोजकको २ टिम गरी ८ समूहको सहभागिता रहेको बताए  । 


उनका अनुसार प्रतियोगितामा कास्की, बागलुङ, म्याग्दी, चितवन, काठमाडौं, भक्तपुर जिल्लाका त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सहभागिता जनाएका छन् । 


प्रतियोगिताको छात्रतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छात्रातर्फको विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त कोषाध्यक्ष सन्दिका गुरुङले जानकारी दिईन । 


प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण रंगशालामा हुनेछ । भदौ १४ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दैनिक तीन खेल हुने स्ववियुले जनाएको छ । 


 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्