‘सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ ’
मोरङ | साउन २५, २०७९
मोरङ: जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।
प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो । समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित् भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।
सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

