दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बर

पाेखरा | साउन २०, २०८२

दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बर

पोखरा:   विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् ।


आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो ।


गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८ धावक पुरस्कृत हुने भएका छन् ।


प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।


यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् ।


प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरेको आयोजक संस्थाले जनाएको छ ।


भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।


गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग जोडिने भएकाले प्रतियोगितालाई खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडेर बृहत् आयामबाट हेर्नुपर्नेमा धारणा राख्नुभयो ।


पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीभुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि यस्ता कार्यक्रमले अन्य गन्तव्यको प्रवद्र्धनमा सहयोगी हुने बताउनु हुन्छ ।


विश्व शान्ति स्तुप समितिका सचिव दुर्गाबहादुर गुरुङले पुम्दीभुम्दीमा पर्यटकीय सम्भावना बोकेका तारेभिर, फिलिङ्गघारी, थाप्लेडाँडालगायतका क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरा आएका पर्यटकको बसाइँ लम्ब्याएर आर्थिक समृद्धिसँगै पुम्दीभुम्दीलाई पर्यटकीय गन्तव्यको हब बनाउने प्रतियागिताको उद्देश्य रहेको धारणा राख्नुहुन्छ ।


कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष लाल गुरुङले खेल पर्यटन पर्वद्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड उद्घोषका साथ अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खलाको दृश्यावलोकनसहित सञ्चालन हुने हुने दौड प्रतियोगिताले विश्वको ध्यान खिच्ने सामथ्र्य राख्ने बताउनु हुन्छ ।


प्रातियोगिताका प्राविधिक ओम गुरुङले दोस्रो पर्वतीय दौडको आरम्भ बिन्दु विश्व शान्ति स्तुपः, जाँचबुझ बिन्दु विशाल पुम्दीकोट महादेव मन्दिर र समापन बिन्दु पछिल्लो पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कसम्म गरी आठ किलोमिटर निर्धारण गरिएको बताउनु भयो ।


१६ लाख ९१ हजार रूपैयाँ लागत लाग्ने प्रतियोगितामा विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाको सहयोग रहेको पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतम बताउनु हुन्छ ।


नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा २२ को सहकार्य रहेको प्रतियोगितामा मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको छ ।


प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ भने आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्