पूर्व फुटसल प्रशिक्षक गुरुङ लेख्छन्, ‘हामी फुटबल विकास भएको हेर्न चाहन्छौं, व्यक्ति र समूहको हैन’

कास्की | बैशाख १६, २०७९

पूर्व फुटसल प्रशिक्षक गुरुङ लेख्छन्, ‘हामी फुटबल विकास भएको हेर्न चाहन्छौं, व्यक्ति र समूहको हैन’

पोखरा: पूर्व राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङले नेपाली फुटबलको क्षेत्रमा भएको विवादको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । 

 

गुरुङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु बिचको तक्राबलाई यथाशिघ्र निष्कर्ष दिएर एसियन कपको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन् ।

 

प्रशिक्षक गुरुङले (सामाजिक सञ्जाल) फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समान रूपमा खेलाडीको पनि उच्च प्रदर्शन, मिहिनेत  र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् । 

 

आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ ।  हामी फुटबल विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन ।’ जय नेपाल, जय नेपाली फुटबल’ ।

 

यतिबेला नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु विच तक्राब भैरहेको छ । यस विषयमा प्रत्यक्ष सरोकार राख्ने अखिल नेपाल फुुटबल संघ (एन्फा) भने मुखदर्शक बनिरहेको छ ।

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्