राष्ट्रिय आमन्त्रित भलिबल खेल्न सञ्जुको कप्तानीमा गण्डकीको टोली घोषणा
पाेखरा | असार ३१, २०८२
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशको रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–११ मा श्री हिमालय श्रृखला चौरी यूवा क्लबले आयोजना गरेको राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गण्डकीले सञ्जुकोे कप्तानीमा टोली घोषणा गरेको हो ।
गण्डकी प्रदेश भलिबल संघका अनुसार सञ्जु विक्रम शाह (टिम कप्तान), राजन दर्लामी मगर, हिमाल सुनारी, कुञ्जन शाही ठकुरी, विवश आले मगर, सन्तोष वि.क, उमेश सेन्चुरी, विश्वास अधिकारी, सुपेन्द्र परियार, संजोग परियार, सुगम सुनार रहेका छन् ।
यस्तै टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा राजेन्द्र जिसी र व्यवस्थापकमा पूर्ण बहादुर गुरुङ रहेका छन् ।

साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित नेपाल पुलिस क्लब, एपिएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भगवति माई दैलेख र कोशी प्रदेशको सहभागिता रहनेछ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले २ लाख सान्त्वना हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
६ टिमको सहभागिता रहने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ३जना विदेशी खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

