मिलन नेवारको ‘राजै’ गीत सार्वजनिक
पाेखरा | असार २५, २०८२
पोखरा: मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् ।
भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजामगर, पवित्रा थापा र बिनु राना मगरको अभिनय छ । गीत राजकुमार बगरले लेखेका हुन् साथै संगीत पनि उनकै छ ।
थापाले गीतमा मौलिक संस्कृतिको भावनालाई समेट्ने प्रयास गरिएको बताए । मौलिकताबाट प्रेरित भएर नयाँ शैलीमा प्रस्तुत गरिएकाले सबैपुस्ताले मनपराउनेमा उनी विश्वत देखिए ।
अग्रज साहित्यकार सरु भक्तले गीतसंगीतका माध्यमबाट जातीय पहिचानका साथै संस्कृती संरक्षण र प्रवद्र्धन गर्न सकिने बताए । गीत मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, परम्परालाई जोगाउन भूमिका खेल्ने उनको भनाइ छ ।
मिलन नेवार गीतका माध्यमबाट मगर समाजसँग नजिक हुने मौका पाएको बताइन् । उनले भ्युज र लाइकको पछि नलागी कालजयी गीत बनाउनतर्फ लाग्नुपर्ने बताइन् । ‘सुटिङको समयमा साच्चिकै रोधी बसे जस्तो अनुभव भएको थियो । गीत कमले सुनेपनि राम्रो प्रतिक्रिया पाउनु महत्वपुर्ण हो,’ नेवारले भनिन् ।
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...
पोखरा । गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

