फोटोमा सजियो पोखरा–९ को विकासक्रम
पाेखरा | असार १३, २०८२
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्क नजिकैको फल्चामा ‘तस्बिरमा पोखरा–९’ फोटो प्रदर्शनी गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका–९ वरपरका क्षेत्रसँगै समग्र पोखराको ऐतिहासिक, पर्यटकीय, समसामायिक विषयका विकास क्रम झल्कने फोटो राखिएको एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले बताए ।
विभिन्न कालखण्डमा खिचिएका ४० फोटो प्रदर्शनीमा राखिएको उनले जानकारी दिए ।
कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । पोखरा ३ का वडाअध्यक्ष प्रकाशमान उदाससहित पोखरा ९ का वडासदस्यहरु, पत्रकार स्थानीय, विद्यार्थीहरुको सहभागिता थियो । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई थियो ।
फोटो प्रर्दशनीको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे । कार्यक्रममा वडाध्यक्ष मर्सानीले प्रदर्शनीमा राखिएका फोटो वडाको दस्तावेज र विकासको नमुना भएको दाबी गरे । पुराना फोटोले तत्कालिन अवस्था र हालको फोटोले विकास क्रममा माथि उठ्दै गरेको स्पष्ट देखिएको उनको भनाइ थियो ।
फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको अध्यक्ष मर्सानीले सुनाए ।
पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनीले भएकोमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
आगामी दिनमा पनि फोटो पत्रकारले आयोजना गर्ने सिर्जनात्मक कार्यक्रम वडा कार्यालयले साथ दिने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पत्रकारितामा फोटो अपरिहार्य रहेको बताए । शब्दले उल्लेख गर्न नसक्ने विषय फोटोले बुझाउन सहयोग पुग्ने भएकाले सबै सञ्चार गृहले फोटो पत्रकार नियुक्त गर्नुपर्नेमा उनको जोड थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

