यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान

पाेखरा | साउन २३, २०७९

यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान

 

पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ ।

 

भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।

 

उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्र अर्पण गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गर्ने निरन्तर मेहनत गर्ने समेत बताएका थिए ।

 

यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गरे  । उनले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

 

सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट समेत डेब्यु गरिसकेका छन् ।

 

उक्त स्वागत तथा सम्मान कार्याक्रममा फुटबलर, रन्दिप पौडेल, फुटबलर अञ्जन देवकोटा, फुटसलका ए डिभिजन खेलाडी सुदिप सुनार लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए&r...

थप पढ्नुहोस्

पोखरा:     डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्य...

थप पढ्नुहोस्

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जवाफदेही बना...

थप पढ्नुहोस्