पुनको पोखरामा ठगी धन्दा: नक्कली लालपुर्जामार्फत परिवारकै ५० लाख झवाम्

पाेखरा | साउन २३, २०७९

पुनको पोखरामा ठगी धन्दा: नक्कली लालपुर्जामार्फत परिवारकै ५० लाख झवाम्

 

पोखरा  :  बैंकिङ कसुर मुद्धामा प्रकाउ परेका दीक्षा पुनले आफ्नै परिवारलाई नक्कली जग्गाधनी (लालपुर्जा) दिएर ५० लाख बढी रकम लिएको बुझिएको छ । 


उनले २०७६ फागुन  ५ गते बागलुङको ताराखोला गाउँपालिका १ का बहादुर  पुनसँग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । विवाह गरेपनि उनीहरुले वडामा २०७६ फागुन २७ गते मात्रै कानुनी रुपमा विवाह दर्ता गरेको स्रोत बताउँछ । 


 
स्रोतका अनुसार उनका पति बलबहादुर भारतीय सेनामा कार्यरत छन् ।  विवाहपछि दिक्षाले सुरुसुरुमा परिवारलाई राम्रै व्यवहार गर्दै आइन् । तर भित्री रुपमा भने ठगी गर्न बिस्तारै चाल चाल्दै आएको पक्राउ परिसकेपछि पुष्टी भएको छ । उनले त्यो समयमा आफु कार्यरत अस्पतालमा प्रमोसन भएको भन्दै परिवारलाई पोखरा बोलएर भोजसमेत खुवाएकी थिइन् । 

 

त्यतिन्जेल परिवारको दिक्षा नजरमा पोखरा ४ गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा कार्यरत एक सर्जरी डाक्टर थिइन् । 

 

तर त्यो अहिले आएर एकाएक गलत सावित भएको छ । भोज खुवाएर परिवारको विश्वास जितेकी उनले पोखरामा जग्गा किनेको भन्दै नक्कली लालपुर्जा परिवारलाई थमाइदिइ्न । र मोटो रकमको बार्गेनिङ गर्न थालिन् । सानो रकमबाट सुरु गरेकी उनले ५० देखि ६० लाख रकम मागिन् र विश्वाशकै भरमा उनलाई माग गरिएको रकम  परिवारले व्यवस्था गरिदिएको बलबहादुरका आमाले एक टेलिभिजन अन्र्तर्वातामा बताएकी छिन् ।

 

सो रकम लिएपछि दिक्षा बिस्तारै परिवारको सम्पर्कबाट बाहिरिदै गइन् । त्यसपछि परिवारले दिक्षालाई संकाको घेरामा राख्दै खोजी गर्न थाल्यो । तर पत्ता लगाउन सकेनन् । त्यो समयमा उनको पति बलबहादुर भारतमा थिए ।


 
आफ्नै परिवारलाई ठगी गर्दै हिडेकी दिक्षाको मन ५० लाखमा मात्रै शान्त बनेन । त्यसपछि दिक्षाले अन्य व्यक्तिहरुलाई नजरमा पार्दै ठगी धन्दाको जालो फैलाइन् । र कुल बहादुुर विकलार्य ३ लाखको चेक थमाइन् र विकको नाममा ३ लाख रुपैयाँसहित काटिएको पोखरा फाइनान्स लिमिटेडकोे चेक बाउन्स भएपछि विकले कास्की प्रहरीलाई निवेदन दिएका थिए । 

 

निवेदन पश्चात फरार रहेकी दिक्षालाई कास्कीको अन्न्पूर्ण गाउँपालिका ८ विरेठाँटीको निगालोको झाडीमा लुक्दै गरेको अवस्थामा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेपछि दिक्षाको सबै कर्तुत बाहिरिएको हो ।

 

डिएसपी तिवारीका अनुसार ठगीमा परेका अन्य पीडित समेत कास्की प्रहरीको सम्पर्कमा आएको बताए । ‘अन्य ठगिएका व्यक्तिहरु पनि सम्पर्कमा आउनुभएको छ । अहिलेसम्म जाहेरी दिनुभएको छैन । सायद छिटै दिनुहोला ।’

उनले पक्राउ परेका दिक्षा पुनको नागरिकता दुइवटा हुन सक्ने भन्दै थप अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए । ‘नागरिकता अनुसार २०५२ सालमा जन्मिएको पुष्टि हुन्छ, उनले भने, ‘हामीले दुइवटा नागरिकता छ कि भनेर अनुसन्धान गरिरहेका छौं । तर पुष्टि भैसकेको स्थिति छैन ।’


को बैँक खातामा पर्याप्त मौज्जाद रकम नरहेको जान्दाजान्दै उक्त चेक बाउन्स भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

 

लुकिरहेकी थिइन् दिक्षा

जिल्ला प्रहरी कार्यालय कास्कीले बैँकिङ कसुर मुद्धामा फरार रहेकी दिक्षा पुनलाई प्रकाउ गरेको छ । 


बागलुुङको ताराखोला गाउँपालिका १ घर भइ हाल पोखरा महानगरपालिका २ मिरुवा बस्दै आएकी फरार अभियुक्त २७ वर्षिय दीक्षा पुनलाई अन्नपूर्ण गाउँपालिका ८ विरेठाटी (उनको माइत) बाट प्रकाउ गरेको हो । 


प्रहरीका अनुसार दिक्षाले पोखरा फाइनानसको ३ लाखको चेक कुल बहादुर विकलाई दिएका थिए । त्यसपछि बाउन्स भएपछि विकले जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले बैकिङ कसुर मुद्धा दर्ता पश्चात पक्राउ गर्न अनुमति लिएको थियो । 


जाहेरीपश्चात फरार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 


पुनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पीडित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन समेत आग्रह गरेको छ । 


पुनलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्

काठमाडौं:  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।   निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्द...

थप पढ्नुहोस्

कञ्चनपुर:  कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...

थप पढ्नुहोस्