एसिसी पुरुष क्रिकेट: नेपालले जापानलाई ९ विकेटले हरायो
काठमाडाैं | असार १०, २०८२
काठमाडौं: एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

