मुखिया बारबरलाई ‘एसइई कप’ फुटसलको उपाधि
संगम बने सर्वाेत्कृष्ट
पाेखरा | असार ७, २०८२
पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ ।
पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै मुखिया बारबरले उपाधि जितेको हो ।
उपाधिसँगै मुखिया बारबरले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको वेलननले नगद रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा संगम गुरुङ, उदीयमान खेलाडीका रुपमा समिर किसान र उत्कृष्ट गोलरक्षकका रुपमा सुशान्त गुरुङ पुरस्कृत भए ।
उनीहरुलाई विधागत पुरस्कारसँगै स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सुदिप सुनारले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा (कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरु) ४३ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी विजया गुरुङ, तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगितालाई सम्पन्न गर्न न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले सहयोग गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

