गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने
पाेखरा | असार ५, २०८२
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो ।
तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन रेट १.९९२४ रहँदा कास्कीको १.४८३३ र पर्वतको ०.८३०२ रहेको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले जानकारी दिएका छन् ।
यस अघि पोखरा रंगशाला क्रिकेट खेल मैदानमा जारी प्रतियोगिताको समुह ‘बी’बाट घरेलु मैदानमा कास्कीलाई नवलपुरले ५ विकेटले पराजित गरी स्याङजा संग उपाधि भिडन्त पक्का गरेको हो ।
खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनायो ।
कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले २–२ विकेट लिए भने सुदीप अर्यालले १ विकेट लिए ।
१४९ रनको लक्ष्य पछ्याउँदै नवलपुरले १५ ओभरमै ५ विकेट गुमाएर १५४ रन बनाउँदै सहज जित हात पा¥यो । अपराजित पौडेलले २० बलमा ३ चौका र ३ छक्कासहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।
रिजन काफ्लेले ३७, सुदीप अर्यालले २१, र कमल परियारले ६ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिए तर अन्य बलरहरू महँगो सावित भए । ’प्लेयर अफ द म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए ।
पर्वतको सान्त्वना जित
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणअन्तर्गत आज भएको अर्को एक खेलमा पर्वतले गोरखामाथि ४९ रनको सानदार जित हासिल गरेको छ ।
टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
टोलीको तर्फबाट अभिराज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा नटआउट ४७ रन (५ छक्का) प्रहार गरे । यस्तै, राजु थापाले ४४ बलमा ३७ रन जोडे ।
गोरखाको बलिङतर्फ स्वरुपराज श्रेष्ठले सर्वाधिक ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए । जीवन कार्कीले २ विकेट हात पारे ।
जवाफीमा लक्ष्य पछ्याउने क्रममा गोरखा १७ ओभरमै ९९ रनमै समेटियो । ओपनर रुपेश बस्यालले १६ रन बनाए भने उनीबाहेक कुनै पनि ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । त्यस्तै युनिश थापाले २२ रन बनाए ।
पर्वतका बलर सन्दीप बि.कले घातक बलिङ गर्दै ३ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिएर गोरखाको ब्याटिङ लाइन धराशायी पारे । कप्तान अमृत गुरुङले पनि ४ ओभरमा २ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि पर्वतका सन्दीप बिक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

